दफा
परिषद्को गठन

(१) दफा ३ बमोजिम स्थापना भएको परिषद्मा देहायका सदस्यहरू रहनेछन्ः–

(क) स्वास्थ्य व्यवसायसंग सम्बन्धित विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा ५ वर्ष स्वास्थ्य व्यवसायमा लागेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति – अध्यक्ष

(ख) नेपाल स्वास्थ्य प्राविधिक संघको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि – सदस्य

(ग) नेपाल फर्मास्यूटिकल एशोशिएसनको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य

(घ) नेपाल रेडियोलोजिकल सोसाइटीको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि – सदस्य

(ङ) प्याथोलोजी, फिजियोथेरापी, पब्लिक हेल्थ विषय समूहबाट नेपाल स्वास्थ्य प्राविधिक संघको सिफारिसमा नेपाल सरकारबाट मनोनीत तीनजनादर्तावाला स्वास्थ्य व्यवसायीहरू – सदस्य

(च) दर्तावाला स्वास्थ्य व्यवसायीहरूले आफूमध्येबाट तोकिए बमोजिम निर्वाचन गरेका स्वास्थ्य व्यवसायीहरू चारजना – सदस्य

(छ) चिकित्साशास्त्र अध्ययन संस्थानको डीन वा निजले तोकेको प्रतिनिधि – सदस्य

(ज) प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल – सदस्य

(२) नेपाल सरकारले परिषद्को सल्लाह लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी परिषद्को सदस्यहरू थपघट वा हेरफेर गर्न सक्नेछ ।

(३) परिषद्ले आवश्यक देखेमा चिकित्सा व्यवसायी क्षेत्रको कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रूपमा बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(४) परिषद् गठन नभएसम्मको लागि परिषद्ले गर्नु पर्ने काम गर्ने गरी नेपाल सरकारले दफा ४ बमोजिमका क्षेत्रहरू समेटिने गरी समिति गठन गर्न सक्नेछ । त्यसरी
गठन भएको समितिको अवधि बढीमा एक वर्षको हुनेछ ।